सप्तरीमा थप १३ जनामा कोरोनाकाे पुष्टि, सङ्क्रमितको सङ्ख्या १७३ पुग्याे
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार २१:४३:१२
◊ धीरुभाइ
८ असार, सप्तरी । सप्तरीमा सोमबार थप १३ जनामा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ । याेसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १७३ पुगेको छ । एक दिनअघि मात्र आइतबार दुई जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई, बलानबिहुल गाउँपालिकामा चार, राजगढ गाउँपालिकामा पाँच र राजविराज नगरपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । हनुमाननगर कङ्कालिनीका दुई जना सङ्क्रमितहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र अन्य ११ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।
कोरोना पुष्टि भएका हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नंं। ४ का २९ र २४ वर्षका पुरुष रहेका छन् भने बलानबिहुल गाउँपालिका-४ का १६, वडा नं। ३ का ४२, ३८ र ३८ वर्षका पुरुष रहेको बताइएको छ । त्यस्तै, राजगढ गाउँपालिका वडा नं. २ का २४ र ३५, वडा नं। ६ का २३, २७ र ३१ र राजविराज नगरपालिका वडा नं. १० का ३८ वर्षका दुई पुरुषहरू रहेको निमित्त प्रमुख यादवले बताए ।
सङ्क्रमितहरू भारतको हरियाणा, दिल्ली, पञ्जाबलगायत विभिन्न स्थानबाट आएका थिए । उनीहरू स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको छ । नयाँ थप भएका सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले जानकारी दिए ।
जिल्लामा कुल सङ्क्रमितमध्ये ७१ जना निको भएर घर फर्किसकेका छन् । अहिले ८७ जना मात्र आइसोलेसनमा उपचारत छन् । तीमध्ये ३० जनाको स्वाब पुनः सङ्कलन गरी पीसीआर परीक्षणको लागि पठाइएको छ । उनीहरूको स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने बताइएको छ ।
नयाँ थप भएसँगै जिल्लाको बोदेबर्साइन नगरपालिकामा ३२, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३७, बलान बिहुल गाउँपालिकामा ३१, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिकामा १८, राजविराज नगरपालिकामा १५, डाकनेश्वरी नगरपालिकामा १२, खडक र कञ्चनरुप नगरपालिकामा तीनरतीन जना, सुरुङ्गा, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा एकरएक जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार