अब अदालतमा उपस्थित हुँदा अभियुक्तकाे पीसिआर रिपोर्ट अनिवार्य
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार २३:४९:१३
८ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अब बयान तथा बहसका लागि उपस्थित गराइने अभियुक्त र उनीहरुसँगै आउने सुरक्षाकर्मीको पीसिआर नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्न आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजसलासले विद्युतीय अपराधका आरोपी एकराम राईलाई पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न आदेश दिएको हो । विधुतीय अपराध मुद्धामा राईसहितलाई बयानका लागि सोमबार अदालत लगिएको थियो ।
पीसीआर परिक्षण सके प्रतिवादी तथा सुरक्षाकर्मीकै खर्चमा नत्र सरकारी खर्चमा गर्न पनि सरकारी वकिल कार्यालयका नाममा आदेश दिइएको छ । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीसीआर परीक्षण नभएका कारण सोमबार ती अभियुक्तको मुद्दामाथि कारबाही हुन सकेन । अब कोरोना परीक्षणको रिपोर्ट लिएपछि मात्र अदालती कारबाही अगाडि बढ्नेछ ।
तर अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनले पीसीआर विधिकै परीक्षणलाई मान्यता दिएकाले पीसीआर विधिकै परीक्षण गरेर मात्र अदालत पेश गर्न आदेश दिएको हो । अदालतले मुद्दाको सुनुवाई नगरी फर्काइदिएपछि राईलाई पुन: महानगरीय प्रहरी परिसरकै हिरासतमा राखिएको छ ।
अदालतले प्रतिवादीलाई हिरासतबाट अदालतसम्म ल्याउने सुरक्षाकर्मी पनि प्रतिवादीसँग भौतिक रुपमा निकट भई काम गर्नुपर्ने भएकाले उनीहरूको पनि अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने आदेश दिएको छ । अदालतमा आउनेहरू कोरोना संक्रमित हो कि होइन भन्ने थाहा नहुँदा अदालतबाट रोग फैलिन सक्ने आदेशमा उल्लेख गरिएको छ ।यसरी गरिने परीक्षण भने सरकारी खर्चमै गर्ने प्रवन्ध मिलाउन आदेश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार