प्रदेश ५ का पत्रकारको कोरोना बीमा
नेपालबहस संवाददाता
असार ९, २०७७ बुधबार १:१५:४६
९ असार रुपन्देही । प्रदेश नं ५ का ८३० जना पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ को समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेशका १२ वटै जिल्लाका क्रियाशील पत्रकारहरुको बीमा गरिएको हो ।
आज एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बीमासम्बन्धी सम्झौतामा नेपाल पत्रकार महासङ्घ प्रदेशका उपाध्यक्ष भरत केसी र शिखर इन्सुरेन्स कम्पनी बुटवलका प्रबन्धक किरण काफ्लेले हस्ताक्षर गरे ।कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले सरकार र समुदायको आवाज उठाउने मिडियाको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए ।
उनले सरकार र समुदायवीचको समन्वकारी भूमिका सञ्चारमाध्यमले निर्वाह गर्ने भएकाले पत्रकारहरुको संरक्षण र सुरक्षाका लागि प्रदेश सरकार सम्बेदनशील रहेको बताए । कोरोना भाइरसको महामारीका कारण सञ्चार संस्थामा पारेको प्रभावबारे सरोकारवालाबीच छलफल गर्ने बताउँदै मन्त्री केसीले सङ्कटका बेला सरकार साथमा छ भन्ने अनुभूति सबैलाई गराउने धारणा राखे ।
मन्त्रालयका सचिव रविलाल पन्थले विपद्को समयमा समेत समाचार सङ्कलनमा खट्ने पत्रकारलाई बीमाले राहत प्रदान गर्ने विश्वास व्यक्त गरे । महामारीका बेला पत्रकारले अग्रभागमा रहेर काम गर्ने र सङ्क्रमणको जोखिम हुनसक्ने अवस्थालाई ध्यानमा राखी कोरोना बीमा गरिएको पत्रकार महासङ्घ प्रदेशका उपाध्यक्ष केसीले बताए । बीमा गरिएको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना सङ्क्रमण देखिएमा बीमा कम्पनीले रु एक लाख दिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार