सीडीसी ग्रुपले नेपालमा लगानी बढाउने
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १२:५८:४८
१० असार, काठमाडौं । बेलायती सरकारको लगानीकर्ता सीडीसी ग्रुपले नेपालमा लगानी बढाउने भएको छ । कोरोनापछिको महामारीलाई दृष्टिगत गरी बैक, इन्टरनेट र जलविद्युत्मा लगानी गरिसकेको सीडीसी ग्रुपले नेपालमा पनि लगानी बढाउने भएको हो ।
पछिल्लो १८ महिनामा एक हजारभन्दा बढी स्थानीयको रोजगारी सिर्जनाका लागि तीन क्षेत्रमा लगानी अघि बढाइसकेको छ । सीडीसीका अनुसार प्रत्यक्ष लगानीका लागि एनएमबी बैकका लागि १५ मिलियन डलर अर्थात एक अर्ब ८० करोड, इन्टरनेट प्रदायक वल्र्डलिंकका लागि १२ मिलियन डलर अर्थात १ अर्ब ४४ करोड तथा कोरियाली कम्पनीको लगानी रहेको २१६ मेगावाटको अपर त्रिशुली १ मा २१।९ मिलियन अर्थात २ अर्ब ६० करोड लगानी गरिसकेको छ ।
नेपालमा लगानी बढाउनका लागि सीडीसीले रवि रायमाझीलाई देशीय प्रतिनिधिको रूपमा नियुक्त गरेको छ । दक्षिण एसियाका धेरै मुलुकमा लगानी गरिसकेको र नेपालमा पनि भर्खर लगानी सुरु गर्न लागेको सीडीसी गु्रुपले अन्तर्राष्ट्रिय सहयोग नियोग ‘एफआईडी’ मा कार्यरत रायमाझीलाई देशीय प्रतिनिधि नियुक्त गरिएको सीडीसीले जनाएको छ ।
एफडीआईमा उनले विशेष गरी फोहोर व्यवस्थापन, जलविद्युत्, सिमेन्ट लगायतका विदेशी लगानी तथा ठूलो लगानीका आयोजनाहरूको प्रवद्र्धनका लागि लगानी बोर्डको सल्लाहकारको भूमिकामा थिए ।
रविले सीडीसी समूहमा बसेर नेपालमा धेरै पुँजी लगानीका साथै स्थानीय व्यवसायको व्यापारीकरण र व्यावसायीकरणका लागि नेतृत्व गर्ने सीडीसीले जनाएको छ । कोरोना महामारीपछिको अवस्थामा वित्तिय संकटको समाधानका लागि लगानी गरी रोजगारी र व्यवसायको सुरक्षाको लागि सीडीसीले काम गर्ने लक्ष्य राखेको छ । सीडीसी एसियाका प्रमुख श्रीनी नागरजनले रविले नेपालमा लगानीका लागि दीर्घकालीन पुँजी सहायतामार्फत व्यापार व्यवसाय अघि बढाउन ठूलो भूमिका खेल्ने बताए ।
रायमाझीले नेपालमा आफूले नेपालको वित्तिय र पूर्वाधार क्षेत्रको सुधारका लागि काम गर्ने बताउँदै विकास तथा फराकिलो अर्थतन्त्रमा वृद्धिका लागि सीडीसी केन्द्रित हुने बताए । डीएफआईडीका देशीय निर्देशक एवं कार्यवायक राजदूत बेलायती सरकारको सीडीसीले नेपालको अर्थतन्त्र विकासका लागि तथा कोरोनापछिको अवस्थामा लगानी वृद्धिका लागि सहयोग पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार