बृन्दावनका उपप्रमुख खातुनद्वारा चौथो नगरसभा बहिष्कार
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १४:४५:११
११ असार, रौतहट । रौतहटको बृन्दावन नगरपालिकाका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छिन । प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन् । उपप्रमुख खातुनले गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र बुधबार जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको बताए ।
नदीजन्य सामग्री बेचेर रु छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ । लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उनले उपप्रमुखको अनुगमन बिनानै सबै योजनाको भुक्तानी भइरहेको बताए ।
प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै उच्च अदालतमा जाने उपप्रमुख खातुनले चतावनी दिए । उनले बुधबार भएको एकपक्षीय नगरसभा बदर गरी हिसाब फछ्र्र्योटपश्चात नगरसभा गर्न माग गरेकी छिन । उता प्रमुख यादवले उपप्रमुखले सहमतिमा नगरसभामा भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार