३० लाख घरपरिवारलाई प्राकृतिक विपदबाट जोगाउन नेपाली सेना तयार
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १६:२८:७
११ असार, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन निर्देशन दिएको छ । सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो जस्ता सम्भावित प्रकोपको प्रतिकार्यका लागि तयारीमा रहन निर्देशन दिइएको जानकारी दिएका छन । विभिन्न पृतनाले मातहतका गण र गुल्महरुलाई पनि तयारी अवस्थामा फौज राख्न निर्देशन दिइसकेका छन् । सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपद् प्रतिकार्यका लागि चार चरणको कार्ययोजना बनाएको छ ।
विपद्को अवस्था अनुसार फौज परिचालित हुनेछन् । पहिलो चरणमा सम्बन्धित जिल्लाबाट फौज परिचालन हुनेछन् भने दोस्रो चरणमा छिमेकी जिल्लाबाट पनि थप मद्दत टोली परिचालन गर्ने सेनाको तयारी छ ।
तेस्रो चरणमा पृतनाबाट मद्दत टोली खटाउने तयारी छ । हरेक पृतनामा सैनिक इञ्जिनियरसहितको ‘र्यापिड रिएक्टिभ टिम’ तयारी अवस्थामा राखिएको छ ।
पृतनाबाट पनि स्थितिलाई नियन्त्रणमा लिन सम्भव नभएको अवस्थामा जंगीअड्डाको विपद् निर्देशनालयबाट पनि फौज परिचालन गर्ने सेनाको विपद् प्रतिकार्य योजनामा उल्लेख छ । यो अवस्थामा सेनाको इञ्जिनियरसहित विशेष फौजका टोली पनि परिचालित हुनेछन् ।
आवश्यकता अनुसार उद्दार कार्यका लागि नेपाली सेनाका एयरबेसमा हेलिकोप्टर तयारी अवस्थामा राख्न पनि भनिएको छ । इटहरी, चितवन, काठमाडौं, पोखरा र सुर्खेतमा हवाई साधन तयारी अवस्थामा रहनेछन् भने आवश्यकता अनुसार अन्य स्थानमा पनि तैनाथ हुनेछन् । यस बर्ष ३० लाख घर परिवार प्रकोपबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार