कोरोनाले कृषि पेशामा आकर्षण बनायो
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २२:३९:५
१२ असार, स्याङ्जा । बिगत १८ वर्षदेखि काठमाडौ बस्दै आएका युवालाई काेराेना भाइरसका कारण जारी लकडाउनले गाउँ फर्की कृषि पेशामा संलग्न हुन प्रेरित गरेको छ । कोरोनाले नयाँ व्यवसाय सिकाएको छ ।
कृषि पेशामा आकर्षण बढेको छ, उम्रदै गरेको बेसार खेती देखाउदै उत्तम अर्यालले भने । उनीसहित चारजना मिलेर सदावहार अनुसन्धान तथा कृषि फर्म स्थापना गरेर कार्य समेत शुरु गरिसकेका छन् । अहिले लगाएको पाँच सय किलो बेसार उम्रने क्रममा छ भने सुन्तला ,कागती,जुनार ,मुन्तला लगाएतका दुई हजार बिरुवा लागाएका छन् ।
राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरको अनुदान तथा सिफारिसमा गोर्खाबाट बेर्ना उपलब्ध भएको युवा व्यवसायी ज्योती रेग्मीले जानकारी दिए । कृषिलाई व्यवसायीकरण गर्दै लैजाने उनीहरुको सोच रहेको छ । बट्टाई चराबाट पनि राम्रो आम्दानी हुने भन्दै पाल्न शुरु गरिएको छ ।
बट्टाईको अण्डामा पौष्टिक तत्व बढी पाइने हुनाले माग अत्याधिक रहेको छ। अहिले पाँच सय चल्लादेखि शुरु गरेपनि दुई हजार चल्ला तत्काल थप्ने अर्का युवा व्यवसायी सुदन अर्याल बताउछन् । स्याङ्जाको पुतलीबजार नगरपालिका ११ जैसीडाँडाका स्थायी बासिन्दा उनीहरु १८ वर्षदेखि काठमाडौमा अध्ययन र व्यवसायकाे शिलशिलामा बस्दै आएका थिए । उत्तम र सुदन म्यानपावर सम्बधि व्यवसायी हुन भने ज्योती वैदेशिक रोजगारीका लागि पाँच वर्ष कोरिया बसेर आएका हुन ।
३५ वर्षे युवाहरुको कृषिमा आएको जोश देखेर स्थानीयहरु पनि हौसिएका छन । कोरोनाको कारण विश्वको अर्थतन्त्र नाजुक भैरहेको स्तिथिमा अबको उत्तम पेशा कृषि नै हो भन्ने लागेर व्यवसाय शुरु गरेको उनीहरु बताउछन । पुतलीबजार सुन्तलाको लागि उर्वर भुमी हो,त्यसैले परम्परागत नभै आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाए राम्रो उत्पादन हुने व्यवसायी पार्वती अर्याल बताउछिन् । बिस्तारै फर्ममा मौरी, कुखुरा, कालिज, बाख्रा लगायतका पशुपन्छी पाल्ने व्यवसायीले जानकारी दिए । कृषि अनुसन्धानका लागि अध्ययन गर्न आउनेहरुलाई उपयुक्त वातावरण बनाउने पनि उनीहरुको मनसाय छ।
त्यसका लागी विभिन्न प्रजातिका फलफुल तथा तरकारीवाली लगाउने पनि उनीहरु बताउछन, भन्छन यो अध्ययन अनुसन्धानका लागि नमुना फर्म बनाउने उदेश्य हो । जुन हाम्रो सोच आयो यसलाई कोरोनाले ल्याएको अबसर मान्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार