यसपालीको धान दिवसमा मास्क र स्यानिटाइजर अनिवार्य
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार ०:३०:३२
१२ असार, काठमाडौं । यस बर्षको धान रोपाई महोत्सवमा साबुन पानीले हात धोएर मात्रै खेतमा जान पाइने भएको छ । पहिले साबुनले हात धुने, स्यानिटाइजर र मास्क लगाएपछि मात्रै रोपाईमा जान दिने सरकारले तयारी गरेको छ ।
कम्तीमा २५ जना सम्मलाई हिलो खेलेर रोपाई महोत्सवमा जान दिने कृषि विभागको तयारी छ । तर त्यसका लागि स्वास्थ्य सुरक्षा सामग्री अनिवार्य गर्नुपर्नेछ ।
रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागले नियम बनाएको छ ।
यसपाली मन्त्रीको रोपाई उदयपुरमा !
विगतमा जस्तै यस बर्ष पनि कृषिमन्त्री रोपाईमा सहभागि हुने कार्यक्रम छ । विगतमा रोपाई महोत्सवमा सहभागि मन्त्री बेला बेला विवादमा पर्दै आएका छन । तर पनि रोपाई महोत्सव रोकिएको भने छैन । धान रोपाई दिवसलाई भव्यतव्य गर्न लाखौँ खर्च समेत हुने गरेको छ ।
यस बर्ष तामझामका साथ रोपाई गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल उदयपुरको त्रियुगा जाने भएका छन । १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रमका लागि उनी उदयपुर जाने भएका हुन ।
यसअघि यस्ता रोपाई कार्यक्रममा आवश्यकताभन्दा धेरै रमाइलो गर्दा पूर्वमन्त्री हरिप्रसाद पराजुलीको मन्त्री पद गएकै थियो । त्यसपछि मन्त्री भएका हरिबोल गजुरेल पनि विवादमा परेका थिए । गएको बर्ष कृषिमन्त्री चक्रपाणी खनालको भने कुनै विवाद निम्तिएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार