ताराखोलामा ‘हिल–सिप खेल मैदान’ निर्माण
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार १८:३५:६
१३ असार बागलुङ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा खेल मैदान निर्माण गरिएको छ । प्रदेश सरकारको रु २० लाख बजेटमा ‘हिल–सिप खेल मैदान’ तयार भएको हो । छिटपुटबाहेक सबै काम सकिएको निर्माण समितिका अध्यक्ष रामबहादुर पाइजाले बताए । खेल मैदान ४५ मिटर लामो र ४० मिटर चौडा छ ।
‘फुटसल’, भलिबललगायत खेललाई लक्ष्य गरी मैदान बनाइएको हो ।खेल मैदान छेउछाउ प्राकृतिक ‘प्यारापिट’, शौचालय, मञ्च आदि संरचना खडा गरिएको छ । वरिपरिबाट तारजालीको घेराबार छ । “यो वर्षको बजेटबाट लगभग काम सकियो, अरु पूर्वाधार थप्दै जाने योजना छ”, अध्यक्ष पाइजाले भने । स्थानीयवासी तेजेन्द्र श्रीसबाट रु दुई लाखमा जग्गा खरिद गरेर खेल मैदान बनाइएको हो ।
खेल मैदान निर्माणमा मिर्मिरे युवा क्लवका युवासहित गाउँले मिलेर श्रमदान गरेका थिए । गाउँमै ठूलो र व्यवस्थित खेल मैदान बनेपछि युवा वर्ग बढी उत्साहित छ ।खेल गतिविधिदेखि मेला, जात्रा आयोजना गर्न पनि सहज हुने देखिएको छ । खेल मैदानमा अन्य पूर्वाधार थप्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष प्रकाश घर्तीले बताए । “वडाकै ठूलो खेल मैदान बनेको छ”, उनले भने गाउँपालिकाकै ठूलो खेल मैदान निर्माणको चरणमा छ ।
उक्त खेल मैदानलाई आगामी आवमा गाउँपालिकाले पनि रु ४० लाख बजेट छुट्टाएको छ ।“गाउँपालिका स्तरीय रङ्गशालाकै रुपमा त्यसलाई विकास गर्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भने, “खेल पूर्वाधारसँगै खेलाडी उत्पादन र संरक्षणमा हाम्रो विशेष जोड छ ।” युवा वर्गलाई खेलकूदमा आबद्ध गरी उनीहरुको प्रतिभा पहिचान गर्न विभिन्न प्रतियोगिता पनि सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार