रामपुर नगरपालिकामा बाँदर भगाउने उपकरण कृषकलाई
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार १९:३१:२३
१३ असार रामपुर, । पाल्पाको रामपुर नगरपालिकाले बाँदर भगाउने उपकरण कृषकलाई उपलब्ध गराएको छ । बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई सो उपकरण प्रदान गरिएको हो ।
नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए । सो उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पारेका हुन । पीभीसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो ।
सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताए । बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बोहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ । सो यन्त्रको मुल्य तीन हजार ५०० रहेको छ । जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार