भारतबाट नेपाल पस्यो सलह कीरा
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २०:१२:१०
१३ असार, काटमाडौँ । भारतमा उदण्ड मच्चाएको सलह कीरा नेपाल प्रवेश गरेको छ। तराईका जिल्ला पर्सा, बारा र सर्लाहीमा सलह किरा देखिएको छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले सलह किरा नेपाल प्रवेश गरेर रुखमा बसेको अवस्थामा किसानले खबर गरेपछि सलह नेपाल प्रवेश गरेको पुष्टि भएको बताए ।
अफ्रिकाबाट युरोप हुँदै नेपाल प्रवेश गरेको सलह किराले भारतमा ठूलो क्षति निम्त्याएको छ । केही जिल्लामा देखिएको सलह किरा तराई र मधेसका जिल्लामा ठूलो क्षति गर्ने सम्भावना छ ।
सलह नेपाल प्रवेश गरेको सरकारले पनि पुष्टि गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नेपाल प्रवेश गरेको र यसबारे मन्त्रालयमा बैठक राखेर छलफल शुरु गरिएको बताए । यसअघि वैज्ञानिकले सलह नेपालमा प्रवेश गर्न नसक्ने दाबी गरेका थिए ।
तर वैज्ञानिकको सल्लाहविपरित सलह नेपाल प्रवेश गरेपछि यसले थप जोखिम निम्त्याउने आकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
यस्ता छन् माओवादीले पारित गरेका १६ वटा प्रस्तावहरू (पूर्णपाठ)
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार