स्याङ्जाका ३४ जनाले कोरोना जितेर फर्के, २२ नयाँ थपिए
नेपालबहस संवाददाता
असार १३, २०७७ शनिबार २२:८:४०
१३ असार, स्याङ्जा । स्याङ्जामा शनिवार ३४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् भने २२ जना नयाँ संक्रमित थपिएका छन् । स्याङ्जामा हालसम्म कोरोना संक्रमणलाई जित्नेको संख्या ५६ पुगेको छ भने संक्रमितको संख्या १ सय ५९ पुगेको छ ।
कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई शनिवार घर पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरि पठाईएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ भने अन्यको नेगेटिभ आएको छ । शनिवार घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेकोको प्रजिअ क्षेत्रीले बताए ।
अहिलेसम्म स्याङ्जामा कोरोना संक्रमणबाट दुईजना पुरुषले ज्यान गुमाएका छन् । कोरोनामुक्त भएकाहरुलाई भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण, स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा र स्वास्थ्यकर्मी लगायतले बिदाई गरेका थिए । शनिवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको रिर्पोटमा १२ महिने बच्चासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
एकै घरका श्रीमान, श्रीमति र बच्चासहित २२ जनामा संक्रमण देखिएको छ । १७ पुरुषसहित ६ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १९ जना रहेका छन् भने पुतलीबजार नगरपालिकाका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुष रहेका छन् । थपिने संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका मानिसहरु हुन् । संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लामा ११ पालिका मध्ये अहिलेसम्म फेदिखोला गाँउपालिका बाहेक सबैमा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार पुतलीबजार २, वालिङ ३४, गल्याङ् ३१, भीरकोट १, र चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन् भने आँधीखोला ४, विरुवा २, हरिनास २, कालीगण्डकी १५ र अर्जुनचौपारी गाँउपालिकामा ३७ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमण देखिएका मध्ये सबै भन्दा बढी अर्जुनचौपारी गाँउपालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार