सलह नियन्त्रण लागी विज्ञहरुको बैठक बस्दै
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १६:२७:४५
१४ असार, काठमाडौं । देशका विभिन्न ठाउँमा देखिएको सलह कीरा नियन्त्रणको योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक अबको केहीबेरमा बस्ने भनिएको छ ।
सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो । भारत हुँदै शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा बारा र सर्लाहीबाटै झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ ।
यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको विवरण २३ जेठमा सार्वजनिक भएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो ।
बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिको निष्कर्ष थियो । तर, रिपोर्ट सार्वजनिक भएको २० दिनपछि नेपालमा सलह किरा भेटिएको हो ।
नेपालमा यस किराले कति क्षति पुर्यायो भन्ने विवरण सार्वजनिक भइसकेको छैन । नेपालमा ६० वर्ष अघि सन् १९६० मा पनि काठमाडौं उपत्यकामा सलह किरा देखिएको थियो ।
यसैबीच, सलह सानो समूहमा मात्रै नेपाल छिरेकाले यसको प्रकोप फैलिने सम्भावना कम रहेको विज्ञहरुको अनुमान छ । सलह एकै ठाउँमा नबस्ने भएकाले यसबाट क्षति हुने सम्भावना निकै कम रहेको, तर सतर्क भने हुनुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।
कृषि मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार