भोलीदेखि नै सलह पश्चिमतिर सर्दै जाने
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १६:३८:२८
१४ असार, काठमाडौं । सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको छ । नेपाल भित्रिएका सलहका बथान भोलीदेखि नै क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको हो ।
हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी देखिएको छ ।
केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविदले बताएका छन । सो दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने छ ।
उष्ण वातावरण मन पराउने सलह किरा मनसुन सक्रिय भएको बेला शनिबार नेपालमा भित्रिएको छ । भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै पहाडी जिल्लाहरुमा समेत फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार