१७ औँ रोपाइँ महोत्सव : मास्क र सानिटाइजर अनिवार्य
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २२:४४:११
१४ असार, काठमाडौं । यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव हुने गरेका थिए । तर यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो ।
सरकारले असार १५ ‘भोली’ बाट नेपालमा औपचारिक रुपमा धान रोपाइँ सुरु गर्दैछ । खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ । ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ नाराका साथ सुरु हुन गइरहेको १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।
ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् ‘नार्क’ को खेतमा धानको बीउ रोपेर औपचारिक रुपले १७औँ र रोपाइँ महोत्सवको आयोजना हुँदै छ । यसपछि नेपालभर औपचारिक रुपमा धान रोपाइँ सुरु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन र जोगाउन धान रोपाइँ हुने स्थान वरपर गुणस्तरीय मास्क, सानिटाइजर र हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाउनुपर्ने नियम बनाएको छ ।
रोपार तथा बाउसेको शरीरको तापक्रम तथा लक्षणको मापन गर्नुपर्ने तथा परीक्षण गर्दा १०० दशमलव चार प्रतिशत ज्वरो आएमा रोपाइँमा संलग्न हुन रोक लगाउनुपर्ने मापदण्ड तय गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । हालको जनसङ्ख्या ‘झण्डै तीन करोड’ जनतालाई पु¥याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५-५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी ‘घाँस’ प्रजाति अन्तर्गतको बाली हो ।
कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले नेपालीहरुको भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि भएको बताए । हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार ‘बास्मती’ चामलको आयातमा वृद्धि हँुदै गएको तथ्याङ्क छ ।
हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान रोपाइँ हुन्छ । हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ । यतिखेर लाखाँै टन मल कलकत्ता बन्दरगाहमा अड्किएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार