सलह आगमनमा मौसमको महत्वपूर्ण भूमिका
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार १:१२:३९
१४ असार, काठमाडौं । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सहल किराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो किरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई– तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी–पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । मौसमविद्का अनुसार सोमबार र मङ्गलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ । उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।
मङ्गलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैले हावासँगै सलह किरा पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।
सलह किरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा ‘चारदेखि आठ करोड’ उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने किरा हो । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ । वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्छ । त्यसैले यसलाई खतरनाक किरा प्रजातिका रुपमा व्याख्या गरिएको छ । सलह किराको जन्म मरुभूमिबाट भएको हो । यसलाई बढी सुख्खा वातावरण आवश्यक पर्छ ।
सलहको जोखिम नेपालमा कस्तो होला ?
सहल किरा बढी सुख्खा ठाउँमा हुने किरा हो । नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पानीले भिजेपछि ती किराको जिउँ गह्रुँगो हुनाले उड्न सक्दैन । नेपालको पहाडी भूभागसम्म आइपुग्ने सम्भावना कम रहेको बताइएको छ ।
यसले धेरै क्षति कसरी गर्छ ?
यो कीराले प्रायः धेरैजसो बोटबिरुवा तथा वनस्पति खान्छ । प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । यसले बिरुवाको पात, फल, फूल, बोक्रा सबै नष्ट गरी क्षति पु¥याउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार