सलहको मुल्य बढाबढ, किरा बेचेर आम्दानी गर्न शुरु
नेपालबहस संवाददाता
असार १४, २०७७ सोमबार २:२७:५३
१४ असार, काठमाडौं । नेपालमा महामारीसँगै सलह किराको प्रकोप बढेका बेला धेरैले आलोचना गरेपनि केही रचनात्मक बनाउन थालेका छन । शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले किलोको २० रुपैयाँ दिने घोषणा गरेको थियो । त्यसपछि सुदुरपश्चिम प्रदेश सरकारले किलोको २५ रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रदेश सरकारले मात्रै होइन, सामाजिक सञ्जालमा पनि केहीले यो किरा उपयोगी र प्रोटिनयुक्त भएको भन्दै नगद रकम दिने घोषणा गर्न थालेका छन । कृषिविज्ञ मदन राईले यो किराको किलोको १०० रुपैयाँ दिने घोषणा गरेका छन ।
यस्तै पत्रकार विष्णु पोखरेलले सलह किराको मुल्य ४० रुपैयाँ तोकेका छन । उनले यो किरा उपयोगी भएको भन्दै शुरुमा किलोको ४० रुपैपाँ दिने भनेपनि पछि मुल्य बढाएर ६० रुपैयाँ तोकेका छन ।
धेरैले आलोचना गरेको सलह किराका बारेमा कृषि विज्ञले समेत उपयोगी भनेपछि यसबारे सकारात्मक धारणा फैलिदै गएको छ ।
किरा बेचेर आम्दानी गर्न शुरु
आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगेर १ सय ७० रुपैयाँ कमाउन सफल भएका छन । लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर ल्याएको सलह साढे ३ किलो थियो ।
बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुली भन्छन्, ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरूले टिपेर ल्याएका रहेछन् ।’ पराजुलीले अच्युत र सविनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।
वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।
अब यससँगै सलहप्रति नकारात्मक धारणा मात्रै फैलिएको छैन । यसबाट आम्दानी गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश समेत गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार