काग्रेसद्धारा नागरिकता विद्येयकको विरोधमा प्रदर्शन र कोणसभा
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार २:२४:६
◊ धीरुभाइ
१५ असार सप्तरी । वर्तमान सरकारको पहिलो प्राथमिकतामा भ्रष्टाचार गर्ने कार्य नै परेको विभिन्न वक्ताहरुले आरोप लगाएका छन । आन्दोलनरत नेपाली कांग्रेस पार्टी सप्तरीले सोमबार आयोजना गरेको कोण सभामा वक्ताहरुले यस्तो बताएका हुन । जनताको जनजीवन भन्दा भ्रष्टाचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै वक्ताहरुले अहिलेको सरकार जनतामुखी नभई भ्रष्टहरुको भएको टिप्पनी गरेका छन ।
नेपाली कांग्रेस सप्तरी सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित कोण सभामा संविधान विपरित नागरिकता संशोधन विद्ययेक प्रस्ताव गरेकोले यसलाई कांग्रेसले कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन । कोण सभामा नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री इर्साद अन्सारीले सामाजिक, राजनीतिक, साँस्कृतिक बिखण्डन गर्ने खालको नागरिकता संशोधन विद्येयक प्रस्ताव भएको भन्दै अबिलम्ब फिर्ताको माग गरे ।
सोही सभामा नेविसंघ सप्तरीका पूर्व सभापति अर्जुनप्रसाद साहले समाजमा विखण्डन ल्याउने नागरिकता विद्ययेकले राष्ट्रवादी नहुने भन्दै विद्ययेक फिर्ता नलिएमा विद्रोह सम्म हुन सकिने चेतावनी दिए । सभामा प्रदेश २ का सभा सदस्य गीताकुमारी यादव, जिल्ला सचिव रामकुमार यादव, जिल्ला नेता रामदेव साह, नेविसंघका जिल्ला सभापति घनानन्द यादव, तरुण दलका पूर्व जिल्ला सभापति अनिल देव, अर्जुन यादव लगायतले सरकारको कडा आलोचना गरे ।
यसअघि पार्टी कार्यालय अगाडीबाट निस्किएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरी जनआन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियो । सरकार विरुद्ध लेखिएको विभिन्न प्लेकार्ड झुण्ड्याएर नगर परिक्रमा गरेको थियो ।
नागरिकता संशोधन विधयेक खारेजी, पीसीआर परीक्षण बढाउन, लकडाउन अबधिभरको घर भाडा मीनाहा, बैंकको ब्याज मिनहा, विद्युत शुल्क मिनहा, विद्यार्थी शुल्क मिनहा, क्वारेन्टाइन ब्यवस्थित, कृषकहरूलाई मल तथा बीउ निःशुल्क उपलब्ध गराउन लगायतको माग गर्दै प्रदर्शन गरेको हो । पार्टीले अन्तिम संविधानमा भएको नागरिकता विद्येयक लागूको समेत माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार