कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार १७:५२:४३
१६ असार, कीर्तिपुर । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो ।
डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले रु एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो ।
“कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गौलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौँ”, उनले भने, “नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सञ्चालनमा ल्याएका हौँ ।”
यही असार १४ गतेदेखि अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा शुरु गरिएको कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा पेरु प्रधानले बताए । “नगरपालिकाको सहयोगमा सेवा शुरु गरेका हौँ, आइतबार र सोमबार दुई दिन सेवा प्रवाह ग¥यौँ, आजका लागि कोही आएको छैन”, उनले भने, “शुरुआती चरण भएकाले धेरैलाई थाहा नहुन सक्छ तर पनि हामीकहाँ १३ जनाले नाम टिपाइसक्नुभएको छ ।”
उनका अुनसार अस्पतालले डायलाइसिस सेवाका लागि ११ कर्मचारी छुट्याएको छ । यसअघि नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स खरीद गरिसकेको छ । नगरवासीलाई सहज रुपमा सेवा प्रवाहका लागि रु ४८ लाख १५ हजार लागतमा नगरपालिकाले एम्बुलेन्स खरीद गरेको प्रवक्ता रिजालले जानकारी दिए ।
यसैगरी नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको पीसीआर मेसिन प्रयोग गरी प्रयोगशाला सञ्चालनको तयारी गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर नगरपालिकाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण खरीद गरिसकेको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत सामान खरीद गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौं आवागमन
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोमा परी २ सय ३३ जनाको मृत्यु
असोज १७, २०८१ बिहिबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
स्थलगत 'रिपोर्ट': बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
असोज १७, २०८१ बिहिबार
साहसी युवा चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
असोज १७, २०८१ बिहिबार