नेपाल एयरलाइन्स पर्यटन विकासमा महत्वपूर्ण आधार !
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १७:३:६
१७ साउन काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ सन् १९५८ जुलाई १ अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो । उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष जुलाई १ तारिखका दिन निगमको स्थापना दिवस मनाउँदै आएको छ ।
नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि हो । आफ्नो स्थापनादेखि अविछिन्नरूपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यमा व्यावसायिक दायित्व निर्वाहको गर्विलो इतिहास कायम गरेको निगम नेपालको पर्यटन प्रवद्र्धनको आधिकारिक संवाहक हो ।
निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ ।
हाल कोभिड–१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । बन्दाबन्दीमा नेपाली एयरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ ।
चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ ।कोभिडको महामारी पहिलोपटक देखिएको चीनको वुहानमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउनेदेखि सरकारसँगको समन्वयमा स्वास्थ्य सामग्री ढुवानी गर्न कार्गो चार्टर्ड उडान गरेको छ ।
निगमले अष्ट्रेलियामा रहेका नेपालीको उद्धारका निम्ति आफ्नो उडान इतिहासकै अधिकतम लामो दूरीको ऐतिहासिक १२ देखि १३ घण्टा लामो उडान गरेको थियो । यसै अवधिमा निगमले आफ्नो उपस्थिति नभएका थप १४ गन्तव्यमा चार्टर्ड उडान गरेको छ ।
बन्दाबन्दीका कारण नेपालमा रोकिएका ब्राजिल, अष्ट्रेलिया, माल्दिभ्स, हङकङ र जापानलगायतका नागरिकलाई सम्बन्धित दूतावासको समन्वयमा उद्धार गरी २८ भन्दा बढी उडानमार्फत सम्बन्धित मुलुक फर्काइएको निगमले जनाएको छ ।
अहिले निगमले विभिन्न २५ मुलुकमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण रूपमा चार्टर्ड उडान सञ्चालन गरिरहेको छ । निगमले हाल भारतका तीनसहित नौ गन्तव्यमा उडान भर्दै आएको छ । सन् १९६० मा अमेरिकी सहायताअन्तर्गत तीनवटा डिसी–३ डकोटा विमानबाट सेवा प्रारम्भ गरेको निगमले आफ्नो ६२ वर्षे उडान इतिहासमा पछिल्लोपटक सन् २०१८ मा दुई वाइडबडी ए–३३० जहाजमार्फत सेवा दिइरहेको छ ।
निगमले सन् २०१५ मा दुई न्यारोबडी ए–३२० जहाज भित्र्याएको थियो । चीनका विभिन्न शहरसहित अन्य लामा गन्तव्यमा व्यावसायिक उडान भर्ने प्रयोजनका निम्ति निगमले आवश्यक तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार