ठूलो एकादशीका दिन भक्तपुरको मुहानपोखरीमा लायन्स क्लबले ग¥यो वृक्षारोपण
नेपालबहस संवाददाता
असार १७, २०७७ बिहिबार २:१३:४४
१७ असार, काठमाडौं । हरिबोधनी वा ठूलो एकादशी अर्थात बहुउपयोगी जडीबुटी तुलसी रोप्ने दिनको अवसर पारेर लायन्स क्लब अफ डिस्ट्रिक ३२५ ए २ ले आज भक्तपुरको मुहानपोखरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सन् २०२०/२१ को पहिलो लायन्स इयरकै दिन भक्तपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र मुहानपोखरीमा डिस्ट्रिक गर्भनर डा. शुशीला मल्लसहितको उपस्थितिमा ६० वटा विभिन्न प्रजातिका रुखहरु रोपिएको लायन शम्भुबहादुर थापाले जानकारी दिएका छन् । खरिपाटीस्थित मुहानपोखरीमा रोपिएका विरुवाहरुमा रुद्राक्ष, कपुर, एभोकाडो लगायतका उन्नत जातका बोटविरुवा रहेका छन् ।
लायन्स डिस्ट्रिक ३२५ ए २ अन्तर्गत रहेका उत्कृष्ट काम गर्ने २७ वटा लायन्स क्लब र लियो क्लबको सयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको थियो । लायन्स्का ईभेन्ट कोअर्डिनेटर तथा लायन्स् इयर २०२०/२१ का कल्चर एण्ड कम्युनिटी कमिटीका डिस्ट्रिक चीफ शम्भुबहादुर थापाको विशेष पहल र सक्रियतामा वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा भक्तपुर जिल्लाका पूर्व लायन्स् प्रेसिडेन्ट केपी अवाले, वडा अध्यक्ष ज्ञानु केसी लगायत लायन्स क्लब अफ समृद्धिका लायन सदस्य तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
कैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार