तिलाठी कोइलाडीका वडाध्यक्षलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १६:१२:५२
◊ धीरुभाइ
१९, असार सप्तरी । क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहेका सप्तरीमा एक वडाध्यक्ष कोरोना भाइरसबाट संक्रमित हुनु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर ७ का ५८ वर्षीय पुरुष वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
उनीसँगै गाउँपालिकाका अन्य वार्डका अध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगीसहितका कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले भने तर, वार्ड नम्बर ७ का अध्यक्षमा मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
उनीहरु सबै जनाको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि निजी निवासमै आइसोलेसन गरिएको जानकारी दिदै अधिकृत झाले उनको (वडाध्यक्ष) घरमा १२-१३ जना पारिवारिक सदस्यहरु रहेको र सबैजनालाई घरमै आइसोलेसन गरिएको बताए ।
संक्रमित वडाध्यक्षको वार्ड स्थित माबि बभनगामाकट्टीमा जिल्लामै प्रथम पटक क्वारेन्टाइन सुरु भएको थियो । उक्त क्वारेन्टाइनमा बसेकामध्ये करिब २६-२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत झाले बताए । वडाध्यक्षसहित गाउँपालिकाभरी हालसम्म ४२ जना संक्रमित छन ।
सप्तरीमा तीन दिनमा ४९ जनामा कोरोना पुष्टि, कूल २५८ संक्रमति
पछिल्लो तीन दिन यता सप्तरीमा ४९ जनामा कोरोेना पुष्टि भएको छ । यससँगै जिल्लामा कूल संक्रमतिको संख्यामा २५८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । गत सोमबार १७, मंगलबार २२ र बुधबार १० जना गरी ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना समुदाय स्तरमा पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
मंगलबार पुष्टि भएकामध्ये जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिकाका १२ वर्षीय पुरुषमा छरछिमेक वा अन्य व्यक्तिबाट संक्रमित भएको छ भने तिलाठी कोइलाडी गाउँपालिका वडा अध्यक्ष पनि संक्रमित भएको उनले भने, यसले समुदायमा संक्रमण फैलिएको पुष्टि गरेको छ ।
बुधबार थप भएका १० जना संक्रमतिहरु जिल्लाको सुरुङ्गा नगरपालिकाका रहेका छन भने मंगलबार थपिएका २२ संक्रमितहरुमा तिलाठी कोइलाडी गाउँपालिकाका १० जना, महदेवा गाउँपालिकाका एक महिलासहित १० जनामा, अग्निसाइर कृष्णसवरन गाउँपालिकाका एक, राजगढ गाउँपालिका वार्ड नम्बर ६ मा एक जना रहेको बताए । त्यस्तै सोमबार साँझ कोरोना पुष्टि भएका १७ जनामध्ये तिलाठी कोइलाडी गाउँपालिकामा १५, रुपनी गाउँपालिका र महदेवा गाउँपालिकामा एक-एक जना रहेका छन ।
कोरोना पुष्टि भएका संक्रमितहरुको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब परिक्षण गरिएको थियो भने केही जनाको मात्र कोशी अञ्चल अस्पताल तथा अन्य अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । यससँगै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, बलान बिहुल गाउँपालिका ३४, बोदेबर्साइन नगरपालिकामा ३४, छिन्नमस्ता गाउँपालिकामा २३ जना, राजगढ गाउँपालिकामा १९, तिलाठी कोइलाडी गाउँपालिकामा ४२, राजविराज नगरपालिकामा १५, डाक्नेश्वरी नगरपालिकामा १२, तिरहुत गाउँपालिकामा चार, सुरुङ्गा नगरपालिकामा १३, महदेवा गाउँपालिका १२, जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले बताए ।
त्यसैगरी सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, खडक नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा दुई-दुई जना, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र रुपनी गाउँपालिकामा एक-एक जना कोरोना संक्रमित फेला परेका छन् ।
१०७ जना संक्रमित निको
जिल्लामा हालसम्म १०७ जना निको भएर घर फर्केका छन् । आइसोलेसनमा १०७ जनालाई उपचार भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट तथा कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले बताए । क्वारेन्टाइनमा रहेका संक्रमतिहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
राजविराज स्थित साईकृष्णा मेडिकल अस्पतालको आइसोलेसन केन्द्रमा बेड संख्या १०३ मात्र रहेको थियो । संक्रमितको संख्या बढ्दै जाँदा ७५ वटा बेड थप गरी १७८ पु¥याएको डा. झाले भने ।
फोटो क्याप्सन ः राजविराज स्थित सञ्चालित आइसोलेसन केन्द्र ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार