अवैध मल बोकेको ट्याक्टरसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार १:४२:३१
१९ असार, लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९ वर्षीय अनिल चौधरी, त्रियुगा–१४ निवासी २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका–३ निवासी जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ ।
भारतबाट ना ६ त १९०५ नम्बरको ट्याक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।
पक्राउ परेको ट्याक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। आवश्यक कारवाहीका लागि ट्याक्टर, अवैध समान र पाँचै जनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार