नेपाल पर्यटन बोर्डद्वारा पर्यटन प्रोटोकल तालीम शुरु
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार २:१४:२६
१९ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड–१९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजगताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालीम सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रमुख डा धनञ्जय रेग्मीले हाल तालीममा ६०० लाई सहभागिता गराइने र आगामी दिनमा यो सङ्ख्यालाई बढाउँदै लगिने बताए । यही असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गरेको प्रोटोकोलमा आधारित भएर पर्यटन व्यवसायीका लागि कोभिडको दोस्रो चरणमा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सुरक्षा सजकताबारे डिजिटल तालीम आयोजना गरिएको हो ।
पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकोलमा समावेश गरिएको छ । यस तालीमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउने छ । साथै व्यवसायी व्यवसायीबीच समन्वय गराई व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको विकासका लागि समूचित वातावरण बनाउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले होटल एसोसिएसन अफ नेपाल, नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस र ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपालसँगको समन्वयमा तालीमको आयोजना गरिरहेको छ । आगामी दिनमा आवश्यकतानुसार अन्य पर्यटन सङ्घसंस्थासँगको समन्वयमा प्रादेशिकस्तर मै तालीमलाई अगाडि बढाइने बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार