तृप्ती मेमोरियल अस्पतालद्धारा स्वास्थ्य सुरक्षा उपकरण वितरण
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार २:२९:५०
◊ धीरुभाइ
१९ असार सप्तरी । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले दिनानुदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणप्रति आम जनमानस सचेत हुनु आवश्यक रहेको बताएका छन् । तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सो कुरा बताउका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत सतर्कता अपनाउनु नै सबैभन्दा उत्तम विकल्प भएको उनले बताए । कार्यक्रमका अस्पतालका अध्यक्ष डा. अनिल कुमार झाले कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएकोले सावधानी अपनाउनुका साथै सामाजिक दुरीलाई ख्याल गर्नु अति आवश्यक भएको बताए ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, अस्पतालका उपाध्यक्ष तथा आर्ट अफ लिभिङ्गका निर्देशक ईन्जिनियर किशार कुमार झा लगायतकाले मन्तब्य ब्यक्त गरे । सोही अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा आठ वटै स्वास्थ्य संस्था प्रमुख, छिन्नमस्ता गाउँपालिकाको वरही विरपुर र लोखरम स्वास्थ्य संस्था, राजविराज नगरपालिका वडा नं. १३ र १५, भारदह अस्पताल र बरमझिया स्वास्थ्य संस्थालाई ब्यक्तिगत सुरक्षा उपकरण, साबुन र मास्क वितरण गरिएको अस्पतालका मनोज कुमार झाले बताए ।
कार्यक्रममा भारदह अस्पतालका डा. अनिल कुमार रजकले ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउने र फुकाल्ने तरिका बारे जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
अर्थ मन्त्रालयका कारण मधेशका मुख्यमन्त्री सिंह संकटमा, सरकार ढल्न सक्ने
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार