दुर्गम जिल्लामा ड्रममै डिजेल बिक्रीका लागि आह्वान
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १४:५४:४४
२२ असार, काठमाडौं । नेपाल आयल निगमले दुर्गम जिल्लामा ड्रममा डिजेल राखेर कारोबार गर्न ‘प्याक्ड बिक्रेता’ का रूपमा अनुमति लिन निवेदन खुलाएको छ । प्याक्ड बिक्रेताअन्तर्गत अनुमति लिएकाहरूले डिजेलको मात्र कारोबार वैधानिक तरिकाले गर्न पाउँछन् ।
कुनै प्याक्ड बिक्रेताले जमिनमुनि ट्यांकी गाडेर पम्पसहित गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिएर काम गर्ने व्यवस्था छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुर्गम जिल्लामा ड्रममा डिजेल राखेर कारोबार गर्नका लागि प्याक्ड विक्रेता नियुक्त गर्नका लागि आवेदन खुला गरिएको जानकारी दिए ।
दुर्गम जिल्लाका जनतालाई डिजेलका कारण अप्ठ्यारो नहोस भनेर आवेदन खुला गरिएको उनको भनाइ छ । नेपाल सरकारले दुर्गम भनेर घोषणा गरेको २१ जिल्लामा, जहाँ सडकको अवस्थाले गर्दा विकास निर्माणको काम, सामान ढुवानी तथा अन्य कामको लागि सजिलै ड्रममा डिजेल किन्न पाउने व्यवस्था गरिएको छ ।
प्याक्ड बिक्रेताले पनि कम लगानीमा ३ देखि ४ हजार लिटर डिजेल खरिद गरी आवश्यकताअनुसार एक लिटरदेखि २० लिटर सम्मका ड्रममा राखेर बिक्री गर्न सक्छन् । यसका बिक्रेताले गुणस्तर नापतौलबाट प्रमाणित गरेका ड्रमहरू प्रयोग गर्नुपर्ने निगमले बताएको छ ।
पेट्रोलियम पदार्थको कारोबार गर्ने दुर्गमका जिल्लाहरू दार्चुला, मुगु, दैलेख, बझाङ, कालिकोट, जाजरकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा, अछाम र सोलुखुम्बुलगायत छ । दुर्गम जिल्लाका लागि स्थानीय व्यवसायीले निगमको प्याक्ड बिक्रेता नियुक्त भइ पेट्रोलियम पदार्थको कारोबार गर्न सक्नेछन् ।
जसमा इच्छुक व्यक्ति तथा संस्थाले निगमको सम्बन्थित प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्ने सकिने व्यवस्था मिलाएको जनाइएको छ । कारोबार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार