राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असोज २३, २०८० मंगलबार १३:३६:५४
२३ असोज, काठमाडौं । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरूलाई त झनै दशैँको महत्व धेरै हुन्छ । दशैँ आएपछि साना केटाकेटीहरू धेरै खुसी हुन्छन्
केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौं उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौं उपत्यकामा यो प्रचलन बढि रहेको छ । दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरै पुरानो हो ।
दशैंमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।
दशैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दशैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ । चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दशैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैत बैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।
त्यस्तै दशैँमा स्कुल कलेजहरू धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरूलाई पढाईलेखाईको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरूको खुसीको सीमा नै हुँदैन । दशैंको आगमनसँगै हल्चोकस्थित रातामाटामा चङ्गा उडाउँदै स्थानीय युवा र केटाकेटीहरू ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब
कात्तिक २५, २०७९ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार