होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै, क्वारेन्टाइनमा बस्ने घट्दै
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १९:५९:२०
२२ असार, सप्तरी । सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टाइनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् ।
नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टिनस्थलमा तीन हजार ८०० श्यया छ । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घटेपछि ४७ क्वारेन्टाइनस्थल पूर्णतया खाली भएका छन् । बाँकी ३९ क्वारेन्टाइनमध्ये अधिकांशमा एकदेखि पाँच जना मात्र छन् ।
हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४९७ महिला र चार हजार ५६० पुरुष गरी पाँच हजार ५७ पुगेको छ । क्वारेन्टाइनमा हालसम्म राखिएकामध्ये ४६५ महिला र चार हजार २८६ पुरुष गरी चार हजार ७५१ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय, सप्तरीका नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
जेठ २१ गते क्वारेन्टिनमा बस्नेको सङ्ख्या १३४ महिला र एक हजार ७९० पुरुष गरी एक हजार ९२४ पुगेको थियो । त्यसपछि क्वारेन्टाइनमा बस्ने क्रमशः घट्यो । अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टाइनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
असार २१ गतेसम्म होम क्वारेन्टाइनमा बस्ने चार हजार १०५ पुगेका छन् । सप्तरीमा सङ्क्रमित सङ्ख्या ३२१ पुगेकोमा १३९ जना घर फर्किएका कोभिड–१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । हाल २० महिला र १४९ पुरुष आइसोलेशन केन्द्रमा छन् । पछिल्लो पटक थप भएका डाक्नेश्वरी नगरपालिकाका आठ, विष्णुपुर गाउँपालिकाका छ र सप्तकोशी गाउँपालिकाका चार सङ्क्रमितलाई राजविराज ल्याउने तयारी भइरहेको छ ।
सप्तरीमा थप भएका १८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३२१ पुगेको हो । सबै स्थानीय तहमा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा पीसीआर परीक्षणका लागि हालसम्म चार हजार ७९१ जनाको स्वाब सङ्कलन गरिएकामध्ये ३२१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने चार हजार २३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएकामध्ये २५२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार
पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
कात्तिक २, २०८१ शुक्रबार
रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो
कात्तिक २, २०८१ शुक्रबार
लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कास्की प्रहरीले पठाएको पत्र
कात्तिक २, २०८१ शुक्रबार