“ईण्ट्राडे हाई”मा बन्द भएको बजारले के देखायो ? हेरौं आजको बजार बिश्लेषण
आर्थिक संवाददाता
असार २२, २०७७ सोमबार २२:५२:२७
२२ असार, काठमाडौं । दोश्रो कारोवार दिन नेप्से परिसूचक उच्च विन्दुमा बन्द हुँदै ईण्ट्राडे हाई प्रवृत्ति देखिएको छ । दोश्रो बजार १२९८ दशमलव ७३ को विन्दुमा बन्द भएको छ र यो विन्दु नै आजको उच्च विन्दु हो । नेप्से परिसूचक ३३ दशमवल २७ अंकले वृद्धि हुँदै परिसूचकमा २ दशमलव ६३ प्रतिशतको वृद्धि देखिएको छ ।
बजार १२६५ दशमलव ४६ को विन्दुमा खुलेको थियो भने बजार ११ बाजेर ३३ मिनेटमा १२५९ दशमवल ९५ को न्यून विन्दु सम्म पुगेको थियो। आजको बजारको प्रवृत्ति सकारात्मक रहेको छ ।
कारोबारको पहिलो समयमा बजार केहि घटे पनि बजारले बुलिस मैनबत्तीको चित्र बनाएको र भोली पनि बजार बढ्न सक्ने जानकारी दिएको छ। दैनिकी अवधिमा “आरएसआई” ४७ दशमलब ८३ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार सकारात्मक हुँदै गएको जानकारी दिएको छ । “एडिएक्स” ले बजार निश्चित रुपमा बढी हाल्ने संकेत नगरे पनि जोड –बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा प्रारम्भिक रुपमा माग बढ्न थालेकोे जानकारी गराएको छ। “अन ब्यालेन्स भल्यूम” ले पनि बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ ।
प्रतिरोध २ः १३५०, प्रतिरोध १ः १४३०
टेवा १ः १२८०, टेवा २ः १२४०
आज दिनभरमा ९२ करोड ७८ लाखको शेयर कारोवार भएको छ । हिजो १ अर्ब माथि शेयर कारोवार भएको थियो । कारोवार रकमले भने नेप्से परिसूचक वृद्धिलाई आज साथ दिन सकेको छैन।
नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै १४ करोड ५३ लाख कारोवार भएको छ। त्यस्तै दोश्रोमा नेपाल लाईफको ७ करोड ८१ लाखको शेयर किनबेच भएको छ ।
ग्लोबल आईएमई लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सर्वाधिक दश प्रतिशतले वृद्धि भएको छ भने राधी विधुत कम्पनीको शेयर मूल्य सर्वाधिक ९ दशमवल ८९ प्रतिशतले घटेको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार