नेपाली शान्ति सेना माली र अफ्रिका प्रस्थान गर्दै
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ०:५१:३०
काठमाडौं । नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा ती मुलुकमा तीन महिना अघि नै खटिई जानुपर्र्ने शान्ति सैनिक कोभिड–१९ कै कारण रोकिन परेको थियो । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
उक्त विमानमा सेन्ट्रर अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनीयरको प्राविधिक टोली जानेछ । जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्को टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ ।
सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्को शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ । सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ । पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ ।
नेपाली सेनालाई ४३ मिसनको अनुभव
विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पु¥याइसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका १२ मिसनमा रही तत् देशमा शान्ति स्थापनार्थ पाँच हजार ९१ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिकमा खटिने महिला सैनिकको सङ्ख्या हाल १८० जना छ ।
नेपाल प्रहरीका २३९ र सशस्त्र प्रहरी बलको ३४६ को सङ्ख्यामा जनशक्ति विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिरहेको छ । त्यसरी खटिने क्रममा हालसम्म ६८ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ सैनिक गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ ।
अहिले शान्ति सैनिक धेरै पठाउने मुलुकको सूचीमा नेपाल चौँथो वरियतामा छ । संयुक्त राष्ट्रसङ्घलाई नेपालले १० हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको छ ।
द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि गरेको योगदानका आधारमा फोर्स कमाण्डरलगायत उच्चतहको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आएको छ ।
पछिल्लो समय नेपाली सेनाका उपरथी ईश्वर हमालले फोर्स कमाण्डरको जिम्मेवारी पाउनुभएको छ । उहाँ उक्त पद प्राप्त गर्ने नेपाली सेनाका छैटौँ उच्च अधिकृत हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार