चिनियाँ राजदूतको सक्रियतामा लुकेको नेकपा
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १९:१९:७
सम्पादकीय
आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेपबाट आजित नेपाली नागरिकमा फेरि चिनियाँ दादागिरीको पूर्वाभ्यास हुन थालेको छन् । विगतमा राजनीतिक दल र नेताहरुलाई प्रभावित पारी सत्तामा दरिलो उपस्थिति जनाउँदै आएको भारत अहिले थोरै पछाडि हटेको प्रतीत हुन्छ । तर त्यसको स्थानमा चीनको उपस्थिति दरिलो बन्ने खतरा पनि उत्तिकै देखिएको छ ।
खासगरी सत्तारुढ नेकपा भित्रको अन्तद्र्वन्द्वमा चिनियाँ राजदूतको बढ्दो चासोलाई धेरैले हस्तक्षेपको नयाँ श्रृखला भनेर टिप्पणी गर्न थालेका छन् । नेकपा भित्रको सत्ता संघर्ष उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेताहरुको घरदैलो गर्न थालेकी छन् । हिजो उनले प्रधानमन्त्री ओलीसँग असन्तुष्ट नेता माधवकुमार नेपालसँग कोटेश्वरमै पुगेर लामै गफ गरिन् । आज बिहानै अर्का असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनालसँग डल्लुमा पुगेर बात मारिन् । यी दुबै भेट नेकपा भित्रको आन्तरिक झगडालाई मिलाउने उदेश्यले गरिएका हुन् ।
भारतीय राजदूतले यसरी भेट गर्दा भारतीय हस्तक्षेप बढेको टिप्पणी गर्ने नेपाली समाज अहिले मौन छैन । विगतमा चीनले नेपाली राजनीतिमा कुनै हस्तक्षेप नगर्ने नीति लिएको थियो । तर पूर्व माओवादी पक्षसँगको एकीकरणपछि भने चीन नीति फेरिएको छ । हरेक पक्षमा चासो र हस्तक्षेप गर्ने । यसले हिजो भारतले अपनाएकै पदचिन्हमा चीन अगाडि बढेको मान्नुपर्ने अवस्था छ ।
यद्यपि चिनियाँ पक्षले यो भेटघाटलाई सामान्य शिष्टाचार मात्रै भएकाे दावी गरेको छ । तर यसबारे माधव नेपाल र झलनाथले भने कुनै टिप्पणी गरिसकेका छैनन् । दुई महिना अगाडि पनि राजदूत यान्छीको सक्रियता यस्तै बढेको थियो । त्यसताका पनि सत्तारुढ दल भित्रको लफडा उत्कर्षमा पुगेको थियो । बिगतमा यान्छीको भेटघाटले सबै विवाद मत्थर भएको टिप्पणी गरिएको हो । विवाद साम्य पार्न यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेकी थिइन् । अहिले पनि पार्टी भित्रको विवाद चर्किएकै बेला यान्छीको दौडधूप बढेको छ ।
दक्षिण वा उत्तर कतैबाट पनि यस्तो हस्तक्षेपकारी भूमिका भयो भने नेपालको स्वतन्त्रता र सार्वभौमिकता संकटमा पर्न सक्ने भनाई जानकारको रहेको छ । तर नेकपा नेताहरु भने उत्तरी हस्तक्षेपलाई सामान्य रुपमा लिइरहेका छन् । ०७२ सालको भूइँचालोपछि भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको बेला चीनसँगको हिमचिम अलि बढाइएको थियो । त्यसलाई विशेष परिस्थितिको उपजका रुपमा नलिई नेकपा नेताहरुले नयाँ ठूल्दाईका रुपमा स्वीकार गरेको देखियो । जसले गर्दा चीनले नजानिंदो पाराले नेपालमा पञ्जा फैलाइरहेकाे छ ।
नेकपा नेताहरुको सत्ता संघर्षका बेला संकटमोचन गरिदिएको निहुँमा चीनलाई नेपाली राजनीतिमा डो¥याउने हो भने भोलि भयानक संकटको सामना गर्नुपर्ने हुन सक्छ । आज भारतको जुन अवस्था छ नेपालमा भोलि त्यही अवस्थामा कतै चीन प्रस्तुत हुने त हैन ? बिचारणीय पक्ष हो । यो प्रवृत्ति नेपालका लागि कतै प्रत्युत्पादक हुने त होइन ? आज पार्टीको आन्तरिक मामलामा हस्तक्षेप गर्ने शक्तिले भोलि देशकै मामलामा हस्तक्षेप नगर्ला भन्न सकिन्न । बूढी मरी भन्दा पनि काल पल्केला भन्ने चिन्ता मात्रै हो । कतै भारतको रीसले चीनलाई आमन्त्रण गरेको त होइन? भन्ने आशंकासमेत उब्जिएको छ । यसले सौताको रिसले पोइको काख बिगार्ने जस्तो नहोला भन्न सकिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार