एसी मिलानले रोनाल्डोको युभेन्ट्सलाई हरायो
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १४:१४:२१
२४ असार, एजेन्सी । इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सलाई एसी मिलानले पराजित गरेको छ । गएराति भएको खेलमा एसी मिलानले युभेन्ट्सलाई ४–२ गोलको अन्तरले हराएको हो । दोस्रो हाफसम्म अग्रता लिएको युभेन्ट्सले त्यसलाई जोगाउन सकेन ।
तीन मिनेटमा दुई गोल गरेपछि मिलानले युभेन्ट्सलाई हार चखाएको हो । मिलानका लागि जाल्टन ईब्राहिमोभिचले पेनाल्टी गोल गरे । त्यसअघि युभेन्ट्सका लागि एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।
६२ औं मिनेटमा जाल्टानको पेनाल्टीलगत्तै फ्रेन्क किसी र राफेल लिओले गोल गरेपछि युभेन्ट्सको हार शुरु भएको थियो । खेलको ८० औँ मिनेटमा एन्टी रेबिकले गोल गरेपछि एसी मिलानको फराकिलो जित सम्भव भएको हो ।
जितसँगै मिलान ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । हार व्यहोरेपनि युभेन्ट्स ७५ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार