बाढीले बितण्डा मच्चाएको बाह्रबिसे (फोटोफिचर)
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार २१:१:५५
२४ असार, काठमाडौं । अचानक परेको बर्षापछि सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले बितण्डा मच्चाएको छ । बाढीले १५ भन्दा बढी घर बगाएको छ भने २० जना जति बेपत्ता छन । अहिलेसम्म दुई जनाको शव भेटिएको छ भने अरुको खोजी भइरहेको छ ।
हराईरहेकाहरुको खोजीका लागि सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । बाढीले बितण्डा मच्चाएको बाह्रेबिसे यतिबेला शोकमा डुबेको छ । जम्बुको बजार नै बगाएपछि सिन्धुपाल्चोकबासी शोकमा डुबेका हुन् ।
अहिलेसम्म को को हराए ? भनेर सनाखत भइसकेको छैन । तर राती आएको बाढीले अचानक घर नै बगाएर लगेपछि धेरै जना हराउन पुगेकाे प्रहरीको भनाई छ । बाढीले मच्चाएको बितण्डाको प्रत्यक्ष अवलोकन गर्न सभामुख अग्नि सापकोटा बाह्रबिसे पुगेका छन् । उनी सिन्धुपाल्चोकका जनप्रतिनिधि हुन ।
नेपाली सेनाको हेलिकोप्टर लिएर उनी बाह्रबिसे पुगेका हुन् । घटनाको प्रत्यक्ष अवालेकन गर्न गएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पठाएका तस्बिर हेर्दा बाढीले धेरैको जीउ ज्यान मात्रै लिएको छैन, बर्षौदेखिको मिहिनेतले ठडयाइएका सपनाका घरहरु पनि गल्र्याम गुर्लुम ढालेको छ ।
सबै फोटो : सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
ऊर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण
पुष २२, २०८१ सोमबार
प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार