सुदूरपश्चिममा दुई प्रतिशत सङ्क्रमित मात्रै आइसोलेशनमा
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १९:५५:३४
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पु¥याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार ७१७ पुगेको छ । यहाँ स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै सङ्क्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेशन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७. ७१ प्रतिशत सङ्क्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन् ।
बुधबारसम्म निर्देशनालयको तथ्याङ्क हेर्दा यहाँ २।२८ प्रतिशत सङ्क्रमितको मात्रै यहाँका आइसोलेशन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी सङ्क्रमणको आशङ्कामा रहेका १५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यता स्थानीयवासी भने सङ्क्रमितलाई आइसोलेशनमा नराखेर घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै त्रासमा छन् । “भारतबाट आएकालाई यहाँ क्वारेन्टाइनमा राखियो,” कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का व्यवसायी सुरेन्द्र बमले भने, “सङ्क्रमण पुष्टि भएकालाई घर पठाउँदा समुदायमा सङ्क्रमणको सम्भावना धेरै भयो ।” उनले सङ्क्रमितलाई होम क्वारेन्टाइनमा बस्न भनिएपनि बसाइ सुरक्षित नभएको बताए ।
“सङ्क्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,” उनले भने, “अहिले बाणी क्षेत्रमा मात्रै सय भन्दा बढी सङ्क्रमित घरमा हुँदा सङ्क्रमणको त्रास बढेको छ ।” उनले भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने र सङ्क्रमितलाई घरमा बसाउने काम गलत भएको बताए । सुदूरपश्चिम प्रदेशको धनगढी, डडेल्धुराबाट हाल पीसीआर विधिबाट कोरोना परीक्षण हुनुका साथै सुर्खेत र काठमाडौँमा स्वाब पठाएर परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।
यहाँका विभिन्न जिल्लामा गरेर हालसम्म कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ सङ्क्रमणको लक्षण देखिएका र स्वास्थ्य समस्या भएकालाई मात्रै आइसोलेशनमा राखेर उपचार गरिने बताए । “पहिले स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनलाई अहिले आइसोलेशनमा परिणत गर्ने कार्य धमाधम हुँदैछ,” उनले भने, “सबै सङ्क्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने सम्भावना नै रहेन ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा ९८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा ४४०, डडेल्धुरामा २६९, अछाममा ५८७, बैतडीमा २९७, बाजुरामा ४४४, दार्चुलामा १९ र डोटीमा ५३३ जनामा सङ्क्रमण देखिएको छ ।
त्यसैगरी यहाँका नौ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा ९९३ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बिहीबारसम्म गरेर यहाँ सङ्क्रमितको सङ्ख्या ४४३ रहेको बताए । उनले भने, “धेरै निको भएर घर फर्किसकेका छन् ।” उनले पछिल्लो चरण कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा ५०/५० श्ययाको कोरोना अस्पताल केही समय अघिदेखि सञ्चालनमा ल्याएको छ । यहाँ रहेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन् । प्रदेश सरकारले यहाँ अझै समुदायस्तरसम्म कोरोना फैलिइ नसकेको दाबी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार