मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न प्रहरीको आग्रह
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २०:२६:५५
कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ । यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै हिँडेको उनको भनाइ छ ।
पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ । “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उनले भने, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।” विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ । “सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उनले भने, “मास्क आफैँ स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।” जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार