केएसमीमा उपचाररत एक पुरुषमा मृत्युपछि कोरोनाकाे पुष्टि
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार १७:४६:१९
काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो ।
मिर्गौलाका विरामी रहेका उनको असार २६ गते नै पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा आउँदा पोजेटिभ आएको हो।
स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।
श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो । अस्पताल स्रोतका अनुसारनेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना, दुई जना गम्भीर घाइते
असोज १४, २०८१ सोमबार
खोलाले बगाएका चौधरीको शव तीन दिनपछि भेटियो
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
मेलम्ची खानेपानीको वर्तमान अवस्था सम्बन्धमा छलफल
असोज १४, २०८१ सोमबार