कोरोना संक्रमणका कारण थप ३ जनाकाे मृत्यु
नेपालबहस संवाददाता
असार २७, २०७७ शनिबार २२:४४:१३
काठमाडौं । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् ।
शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उनमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उनको यही असार २६ गते मृत्यु भएको हो ।
यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिएन । उनको यही असार २५ गते मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा यही असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उनको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
छहरे-टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना, दुई जना गम्भीर घाइते
असोज १४, २०८१ सोमबार
खोलाले बगाएका चौधरीको शव तीन दिनपछि भेटियो
असोज १४, २०८१ सोमबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
मेलम्ची खानेपानीको वर्तमान अवस्था सम्बन्धमा छलफल
असोज १४, २०८१ सोमबार