सेनाको हेलिकोप्टरबाट लगियो बारेकोटमा राहत सामग्री
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार ०:२७:५६
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताए । उनका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार