कोभिड–१९ का कारण राधाकृष्ण रथयात्रा स्थगित
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार १:२८:२७
विराटनगर । विगत ८५ वर्षदेखि विराटनगर महानगरमा निरन्तररुपमा सञ्चालन हुँदै आएको भगवान् श्रीराधाकृष्णको रथयात्रा यस वर्ष कोभिड–१९ का कारण स्थगित गरिएको छ । राधाकृष्ण मन्दिर समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नागरिकको स्वास्थ्य एवं सुरक्षाका कारण यस वर्ष साउन २८ गते हुने रथयात्रा सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ ।
मन्दिर कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले प्रत्येक वर्ष नेपाल र भारतका गरी पाँच लाख भक्तजन एवं श्रद्धालुले प्रत्यक्ष अवलोकन गर्ने गरेको रथयात्रा कोभिड–१९ महामारी, बन्दाबन्दी, सामाजिक दुरी एवं विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार यस वर्ष स्थगित गरिएको जानकारी दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बाध्यात्मक परिस्थितिले जनताको स्वास्थ्य एवं सुरक्षाका कारण समुदायमा सङ्क्रमण नफैलियोस् भन्नका लागि रथयात्रा स्थगित गरेको बताए ।
मन्दिर व्यवस्थापन समितिले धार्मिक परम्परालाई ध्यानमा दिई विधिविधानअनुसार शुभसाइतमा कार्यसमितिको सहभागितामात्र साउन २८ गते भगवान् राधाकृष्णको खटलाई गाडीमा राखी नगर परिक्रमा गर्ने बताइएको छ । यसैगरी मन्दिरले वार्षिक रुपमा मनाउँदै आएको झुलन महोत्सव साउन १५ देखि र साउन २७ गतेको जन्माष्टमी पर्व भव्यरुपमा मनाउन स्वास्थ्य एवं सुरक्षाका लागि स्थगित गरेको जनाएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार