माछा मार्ने क्रममा विवाद हुँदा महिलाको मृत्यु, चार जना फरार
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार ३:५३:४१
सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा आज एक महिलाको मृत्यु भएको छ । वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा भएको विवादपछि कुटपिट हुँदा स्थानीय मेनेजर मण्डलकी श्रीमती ५२ वर्षीया मानशेरदेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पोखरीबाट बगेर बाहिर छट्पटिरहेको माछा लिएको विषयमा जथाभावी गालीगलौज गर्दै आरोपितहरुले बाँसको भाटाले प्रहार गरेको मृतकका श्रीमान् मण्डलले बताए । कुटपिटमा घाइते २५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको स्थानीय शत्रुघ्न मण्डलले जानकारी दिए ।
कुटपिटबाट हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय कारी साह, ४० वर्षीय वीरेन्द्र साह, ६० वर्षीय रामप्रसाद साह, ३२ वर्षीय धनवीर साह र १६ वर्षीय सुनिल साहलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी गम्हरिया प्रवाहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपितहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए। कुटपिटमा संलग्न अन्य फरार रहेका चार जनाको खोजी भइरहेको प्रहरीले जनाइएको छ । शव परीक्षणका लागि राजविराज ल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार