गल्याङ नगरपालिकाका सुचना अधिकारीलाई कारवाहीको माग गर्दै पुनरावेदन गर्न पुगे युवाहरु
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १९:०:४१
२९ असार, स्याङ्जा । गल्याङ नगरपालिका भित्र भईरहेको अनियमितता र भ्रष्ट्राचारबारे विभिन्न संचारमाध्यममा समाचार आए लगत्तै यर्थाथ विवरणको माग गर्दै सूचना अधिकारीसँग पुगेका युवालाई नगरपालिकाले सुचना उपलब्ध गराउन आनाकानी गरेको छ । सूचना अधिकारीले माग गरिएको विवरण दिन अटेर गरेपछि युवाहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेसँग भेटी पुनरावेदन गर्दै समयमै सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारवाहीको गरेका छन् ।
गल्याङ नगरपालिका बारे विभिन्न संचारमाध्यममा आएका भ्रष्ट्राचार र अनियमितता सम्बन्धि समाचारका सूचना माग्दै गत असार ११ गते सूचना अधिकारी दशरथ उपाध्यायलाई सूचनाको हक प्रयोग गरि सूचना मागेका थियौं, सूचना अधिकारीले पन्ध्र दिन भित्रसम्म सूचना उपलब्ध गराउन नसकेपछि अठारौं दिन आइतबार प्रमुख प्रशासकीयलाई अर्को निवेदन दिएको पत्रकार भूपराज बस्यालले जानकारी दिए । हामी चारजना युवाको हस्ताक्षरमा सूचना माग गरेका थियौ, समयमा सूचना उपलब्ध नभएपछि थप प्रक्रिया अगाडि बढाएको उनको भनाई छ । हाम्रो निवेदन बुझ्दै प्रमुख प्रशासकीयले सात दिन भित्र सूचना उपलब्ध गराउने जानकारी दिएको पनि उनले नेपालबहस डटकमलाई बताए ।
राष्ट्रिय सूचना आयोगलाई बोधार्थ गरिएको पत्रमा पत्रकार भूपराज बस्याल , खगेन्द्र भण्डारी , ऋषि बस्याल र प्रकाश भुसालले सयुक्त रुपमा हस्ताक्षर गरेको उक्त पत्रमा प्रमुुख प्रशासकिय अधिकृतलाई सम्बोधन गर्दै समयमै सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै समयमै सूचना उपलब्ध गराउन माग गरिएको छ । युवाहरुले माग गरेको विवरणमा आर्थिक वर्ष २०७६/०७७ को माघ, फागुन, चैत्र र वैशाख महिनामा यस कार्यालयबाट भुक्तानी गरिएका रकमको विवरण, पुँजीगत र चालु दुवै खाताको कसलाई कति रकम भुक्तानी गरियो ? कुन शिर्षकको प्रयोजन वा कामलाई भुक्तानी गरिएको हो ? प्रत्येक निकासाको विवरण खुल्ने स्पष्ट विवरणहरु माग गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा यो निवेदन पेश भएको दिनसम्मका कार्यपालिका तथा वोर्ड वैठकका प्रमाणित प्रतिलिपि मागिएको छ । यसैगरि नगरपालिका कार्यालयले भाडामा सन्चालन गरेको लु १ च ९६७७ नंवरको जीप भाडामा सन्चालन गर्न गरेको निर्णय, गाडी मालिकसँगको सम्झौता र हालसम्म भुत्तानी गरिएको रकमको प्रमाणित विवरण माग गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कोरोना संक्रमणको खतरालाई रोक्न सरकारले गरेको लकडाउनमा प्रभावितलाई वितरण गर्न खरिद गरेको राहत सामाग्री के कति परिमाणमा खरिद गरिएको हो यसको खरिद प्रक्रिया र भुक्तानी प्रक्रियाको प्रमाणित प्रतिलिपि पनि मागिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा नगरलाई मसला जोन बनाउने नारा लिएर मसलावाली अन्तर्गत अदुवा सम्बन्धि अदुवा खरिद प्रक्रियामा गरिएको मूल्य निर्धारण, टेण्डर प्रक्रिया, बिल भुक्तानी प्रक्रियाको प्रमाणित प्रतिलिपिका साथै खरिद गरिएको अदुवा कहाँ वितरण गरियो ? अदुवा प्राप्त गर्ने कृषकको नाम र कति परिमाण अदुवा प्राप्त गरेको हो सो को सम्पूर्ण विवरणको उपलब्ध गराउन माग गरिएको छ ।
त्यस्तै आर्थिक बर्ष ०७५/७६ मा प्रधानमन्त्री आधुुनिक कृषि परियोजना कार्यक्रमको मौरी ब्लक निर्माण कार्यक्रम अन्तरगत वितरण गरिएको मौरी घारको खरिद प्रक्रियादेखि वितरणसम्मको विवरण तथा आर्थिक बर्ष ०७५/७६ मा प्रधानमन्त्री आधुुनिक कृषि परियोजना कार्यक्रम अन्तरगत किसानहरुको लागि भनि अनुुदानमा वितरण गरिएको हाते ट्याक्टरको खरिद प्रक्रियादेखि वितरणसम्मको विवरण र दुुधको सेतो शहर निर्माण कार्यक्रमको हालसम्मको विवरण माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
ऊर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण
पुष २२, २०८१ सोमबार
प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार