बजार सामान्य प्रतिरोध क्षेत्रमा गएकै हो त ? के देखाउँछ आजको बजार बिश्लेषणले
आर्थिक संवाददाता
असार २९, २०७७ सोमबार २२:५४:४४
२९ असार, काठमाडाैं । दोश्रो कारोवार दिन शेयर बजारमा सामान्य अंकको मात्र वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचक २ दशमलव १२ अंकले वृद्धि हुँदै १३४२ दशमवल ४० को विन्दुमा बन्द भएको छ । दोश्रो बजार शुन्य दशमलव १६ प्रतिशतले वृद्धि हुँदा १ अर्ब ८ करोड माथिको शेयर कारोवार भएको थियो। आज १८४ कम्पनीका ३७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएका थिए ।
हिजो जस्तै आज पनि सुरुवाती चरणमा बजारमा राम्रो उतारचढाव देखिएको थियो । बजार १३४२ दशमवल ६० को विन्दुमा खुलेकोमा ११ बजेर १६ मिनेटमा नै १३५२ दशमलव ६९ को उच्च विन्दु समातेको थियो। त्यसपश्चात भने बजारले धेरै पटक माथि जान खोजे तापनि सकेको थिएन । बजार वृद्धि भएपनि खरिदकर्ता र बिक्रीकर्ताको समान उपस्थिति जस्तै थियो ।
हिजो र आजको बजारको उच्च विन्दु एकै जस्तो रहेको थियो , यसको मतलव बजार १३५० को प्रतिरोध क्षेत्र समाना गरिरहेको प्रस्ट देखिन्छ । त्यस्तै १३५० मनोवैज्ञानिक प्रतिरोध क्षेत्रको रुपमा पनि रहेको छ।
बजारले २ बजेर ९ मिनेटमा १३३४ दशमवल ०८ को न्यून विन्दु समातेको थियो । सुरुवाती चरणमा बनेको उच्च विन्दुलाई पछि २ पटकको प्रयास गर्दा पनि त्यो विन्दुको छेउ पुग्न नसक्नुलाई भोली केही बिक्रीकर्ताहरु आउन सक्ने सम्भावना देखिन्छ।
आज होटल, फाईनान्स, अन्य र जीवन बीमा उपसुचकमा मात्र सामान्य गिरावट आएको छ।
प्रभु बैंक लिमिटेडको सस्थापक शेयर सर्वाधिक कारोवार भएको छ । प्रभु बैंकको १० करोड ७२ लाखको सस्थापक शेयर किन बेच भएको छ भने दोश्रोमा नेपाल पुनर्बीमा कम्पनीको १० करोड २८ लाख बाराबारको शेयर कारोवार भएको छ।
नेपाल सेवा लघुवित्त, एनआईसी एशिया लघुवित, सानिमा बैंक ऋणपत्र २०८५को बजार मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ भने ओरियनटल्स होटलको शेयर मूल्य ६ दशमलव १३ प्रतिशतले घटेको छ ।
प्राविधिक बिश्लेषण :
# आज पनि बजारमा उतारचढाब कम रहेको छ। आजको मैनबत्तीले “डोजी” आकृती बनाएको छ। यसले बजारमा क्रेता र विक्रेताको चाप बराबर रहेको र बजारले निश्चित दिशा तय गरेको देखिदैन्। बजार हाल १३६२ को प्रतिरोध क्षेत्र नजिक रहेको छ।
# दैनिकी अवधिमा “आरएसआई” ५२ दशमलब ३३ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
# “एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेता र विक्रेताको चाप बराबर रहेको जानकारी गराएको छ।
# “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ ।
# नेप्से बढेमा पहिलो प्रतिरोध १३४६ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३३ को क्षेत्रमा पाउने देखिन्छ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार