कोरोना परीक्षण भन्दै अवैध शुल्क असुल्ने निजी अस्पतालमाथि छानबिन शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १९:२६:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-test_4kCMPioP9P.jpg)
काठमाडौं । सरकारले कोरोना परीक्षणका नाममा अवैध शुल्क असुल्ने निजी अस्पतालमाथि छानबिन शुरु गरेको छ । काठमाडौं उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अवैध रुपमा कोरोना परीक्षण भन्दै शुल्क उठाउन थालेपछि सरकारले छानबिन शुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालको ज्यादतीबारे छानबिन गर्न समिति गठन गरेको छ । गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको हो । समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।
मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ । भोलिसम्म छानबिन प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ ।
स्वास्थ्य मन्त्रालयले केही दिनअघि वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो। आइतबारमात्रै सानेपास्थित स्टार अस्पता र सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेजले आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए। तर अनुमति नपाएको अस्पतालले ५ हजारदेखि १० हजार रुपैयाँसम्म उठाएको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार