हराएको २५ मोटरसाइकल फेला पारी सम्बन्धितलाई बुझाइयो
नेपालबहस संवाददाता
असार ३०, २०७७ बुधबार १:३८:३१
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी जारी राखेको छ । विभिन्न समयमा मोटरसाइकल हराएको भनी परेको निवेदनका आधारमा खोजी अभियान चलाउँदा फेला परेका २५ मोटरसाइकल आज सम्बन्धित धनीलाई बुझाइएको छ ।
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले फेला पारेको मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । उपत्यकाका बालाजु, वसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतीनगर, सामाखुसी, ठमेल, चाबहिल, कलङ्की, ग्रिनल्यान्ड, हात्तीगौडा, बौद्ध, ठमेल, टोखा, बाँनियाटार, कोटेश्वर, गौरीधारा, कुमारीपाटी र गोकर्णेश्वरलगायत विभिन्न स्थानबाट मोटरसाइकल हराएको भनी महाशाखामा निदेवन परेको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोरीबाट बचाउनका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायत उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न तथा एकै छिन त हो भनी हेल्चेक्र्याइँ नगर्न अनुरोध गरे ।
महाशाखाले सुशील मानन्धर, रोशना निरौला, बुद्ध तामाङ, प्रवीनकुमार थापा, महेश कार्की, अभिशेक गुरुङ, सुवर्णमान तुलाधर, आशिष गुरुङ, दीपक जैसवाल, हलुङ्ग राई, प्रकाश बलामी, विमल गुरुङ, राजकुमार तामाङ, राजीव मैनाली, सुष्मा नगरकोटी सुनार, प्रशान्त चौधरी, भीमबहादुर महर्जन, सुरज विश्वकर्मा, भुपेन्द्रप्रसाद चौलागाईं, दीपक मानन्धर, सुन्दर श्रेष्ठ, पञ्चबहादुर राई, प्रशन गुरुङ, नगेन्द्र शाही र मिलन सुनुवारलाई मोटरसाइकल हस्तान्तरण गरेको हो ।
महाशाखाले चालू आव ०७६-७७ मा मात्रै चोरी भएका ३६८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनी बुझाएको छ । चोरीमा संलग्न ३७ व्यक्तिलाई आवश्यक कारावाही गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
कात्तिक १७, २०८१ शनिबार