लकडाउनबाट अतिप्रभावित परिवारलाई खाद्यान्न वितरण
नेपालबहस संवाददाता
असार ३१, २०७७ बिहिबार ०:४४:१३
◊ धिरुभाई
सप्तरी । युकेएडको आर्थिक सहयोग भीएसओ नेपालसँगको साझेदारी सप्तरीको बोदे बर्साईन वडा नम्बर – ५ समन्वयमा समग्र जनउत्थान केन्द्र लहान-६ सिरहाले कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी लकडाउन ‘बन्दाबन्दी’बाट अतिप्रभावित अपाङ्गता ‘फरक क्षमता भएका’ तथा विपन्न सीमान्तकृत परिवारलाई मंगलबार राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड नम्बर-५ रा.प्रा.वि भाटिनमा रातो कार्डधारी अपाङ्गता र विपन्न सीमान्तकृत गरी ४६ परिवारलाई खाद्यान्न राहत प्रदान गरेको समग्र जन उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले बताए ।
उक्त खाद्य सामग्री वितरण कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर- ५ वडा अध्यक्ष मो. मजिवुर रहमान , भीएसओ नेपालका सुनिल कुमार साह, समग्र जन-उत्थानका कार्यक्रम अधिकृत अकवर अन्सारी , समाजिक परिचालक लोकेन्द्र प्रसाद यादव , मनोविमर्शकर्ता कवित चौधरी लगायतको उपस्थिति थियो ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ मा २६ अपाङ्गता र २० विपन्न गरि जम्मा ४६ परिवारलाई खाद्य सामग्री सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरेको कार्यकारी निर्देशक देवराज पोखरेलले बताए । कोभिड–१९ का कारण जारी लकडाउनबाट अतिप्रभावित दैनिक ज्यालादारी गरी खाने ती परिवारलाई जनसमग्र उत्थान केन्द्रले प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो नून, दुई लिटर खानेतेल, दुई किलो चिनी र चार वटा साबुन प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार