विपदलाई पुर्वाग्रह नगरी सहयोग गरौं : विश्व हिन्दु महासंघ नेपाल
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार १७:५९:१२
स्याङजा । कोरोना भाइरसको महामारीसंग जुधिरहेका बेला प्राकृतिक विपदले यति बेला स्याङ्जासहित देशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । यस दुखद घडिमा दिवंगतप्रति श्रद्धान्जली व्यक्त गर्दै विश्व हिन्दु महासंघ नेपाल स्याङ्जा शाखाले पुर्वाग्रहरहितको सहयोग गर्न अनुरोध गरेको छ ।
संघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुली र जिल्ला अध्यक्ष हरिहर पाण्डेद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा भनिएको छ ‘विपदमा परेका पीडित घरपरिवारलाई नेपाल सरकारका संघ, प्रदेश, स्थानीय सरकार एवं छरछिमेक, संघसंस्था तथा सबै नेपालीले पुर्वाग्रहरहित सहयोग गर्न अपिल गर्दछौँ ।
साथै बाढी, पहिरो, रोग, महामारीको जोखिममा खटिनु भएकाप्रीत धन्यवाद व्यक्त २०७७ सालमा घटेका दुखद र अकल्पनीय घटनाहरुप्रीत गहिरो दुख व्यक्त गर्दछौा ।’ कोरोनाको कहरका बीच बर्खा लागेसंगै बाढी, पहिरो, चट्यांङ, हावाहुरीका कारण स्याङ्जासहित, रुपन्देही, म्याग्दी, सिन्धुपाल्चोक, सप्तरी, बर्दिया, धादिङलगायतका जिल्लाहरुमा भएको घटनाले ठुलो धनजनको क्षतिप्रति विश्वहिन्दु महासंघ स्याङ्जा स्तब्ध भएको जनाएको छ ।
अझै पनि बाढी आउने सम्भावना रहेकाले सबै नागरिक सजग र सर्तक रहन पनि महासंघले आग्रह गरेको छ । बाढी पहिरोबाट क्षती हुने पालिकाको पहिचान गरी सम्वन्धित निकायले चासो राख्न पनि महासंघले ध्यानाकर्षण गरेको छ । स्याङजा भौगोलिक रुपले पनि पहाडी जिल्ला भएकाले बाढी पहिराको जोखिमलाई न्युनिकरण गर्न सम्वन्धित नकायले चासो देखाउन समेत सरकारलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार