आजै थपिए एक सय ६७ जना संक्रमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १, २०७७ बिहिबार २२:४४:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/coronavirus_llfDRScjhA.jpg)
१ साउन, काठमाडौं । कोरोना भाइरसका एक सय ६७ जना संक्रमित बिहीबार थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक सय ६७ जना संक्रमित थपिएका हुन्।
अब कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ। कोरोना निको भएर बिहीबार दुई सय १३ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ।
आइसोलेसनमा छ हजार ५६ जना छन् भने क्वारेन्टाइन २३ हजार पाँच सय मानिस रहेको उनले जानकारी दिए। गौतमले नेपालमा दैनिक रूपमा १० हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए।
उनले संक्रमितको संख्या कम भए पनि जोखिम भने नघटेको उल्लेख गरे। अहिलेसम्म कोरोनाबाट नेपालमा ३९ जनाको मृत्यु भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार