घृणावादको युग
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार ०:३०:३९
♦ मोहन लामा रुम्बा
२०४७ लाई नेपालको सामाजिक इतिहासमा पानी ढलो मान्ने हो भने ०४७ पछिका पुस्ताहरु विभाजित मानसिकतामा राज्यले उत्पादन गरेका विषाक्त बाली हुन् ।
यो बाली विषाक्त छ । दिमागमा साम्प्रदायिक चिन्तन कुटकुट भरिएको छ । हिजोसम्म एउटै गुफा, एउटै पोखरी, एउटै देवी देउरालीमा सँगै पुजा गर्ने छिमेकी छिमेकी बीचमा अहिले आएर त्यो त तेरो होइन रे ! त्यो त हाम्रो हो रे ! तिमीहरुले अविर धसेर हिन्दु बनाएको रे ! लादेको रे ! थुपारेको रे ! भन्न थाले । यही विकास भयो, यही उपलब्धि पायौं हामीले ।नेपालमा यस्तै विचारधारालाई राज्यले प्रश्रय दिएर समाजमा थुप्रै आङ्काजी प्रवृत्तिको विकास गरे । यही हो, आजको हाम्रो आधुनिक समाजको वास्तविकता ?
हिजो गाउँमा मिश्रित जातजातिको बसोबास हुन्थ्यो । एउटा झाँक्री बोन्पो भए सबैको साझा हुन्थ्यो । असिना पानीको त अघिल्लो अंकमा पोस्ट गरिसकें । लामा पनि सबैको साझा भनेर एउटा पण्डित भए सबै गाउँले शुभअशुभ तिथिमिति हेर्न पुग्थ्यो । त्यस्तो थियो नेपाल ।
त्यो नेपाल जहाँ भारतमा जस्तो साम्प्रदायिक बिखण्डन कहिल्यै भएन किनभने यहाँनेर सबै परम्परामा आधारित हिन्दु र बोन बौद्धको समन्वयात्मक संस्कृतिले बाँधेकोले कसैले अलग्याएर हेर्नै सकेन । थुप्रै इस्ट इन्डिया कम्पनीका अंग्रेजहरु नेपाल आएर यहाँको सामाजिक अवस्था हेरे सबै धर्मावलम्बीले एकै ठाउँमा पुजा गरेको देखेर अलमल भएर गएको कुरा सिल्भालेभीले आफ्नो पुस्तकमा नै उल्लेख गरेको छ।
अलमल किन नहोस्, यहाँको धर्म संस्कृति नै अनादिकालदेखि समन्वयात्मक छ । त्यसको एउटा नमूना हेरौं,रसुवाको नागथली गुम्बामा भोट भाषामा लेखेको एक पुरानो टिपोटमा राम शाहका पालामा गोर्खा दरबार भित्र दाजुभाईमा बिद्यमान कलहको निराकरण गर्न र राजगद्दीको उत्तराधिकारी सन्तान जन्माउनको निम्ति तान्त्रिक अनुष्ठान गर्न भुटानी लामालाई गोर्खा निम्त्याएको चर्चा गरेको पर्चा छ । भुटानी लामालाई गोर्खा ल्याउन राम शाहले एउटा दुत भुटानी धर्मराजा कहाँ पठाएको र धर्मराजाले त्यहाँको प्रसिद्ध लामा दम् छ्यो पे–कर् लाई गोर्खा पठाएको चर्चा गरेको छ । (नेपाल भुटान ऐतिहासिक सांस्कृतिक सम्बन्ध–रमेश ढुंगेल) राम शाहले १२ वटा गुम्बा दान दिएको बारेमा पनि उल्लेख गरेको छ तर कहाँ कहाँ दिएको थियो विवरण उल्लेख गरेको छैन ।
त्यस्तै योल्मो क्षेत्रमा राजा राजेन्द्रबिक्रम शाहले दिएको ताम्रापत्र अनुसारः “आगे काल्साङ लामाके योल्मोको आम्वाला मध्ये ल्हाखाङ भन्याको काला बम्जरा त्यसको सदा पुर्व अलोसक…… चिन्ह हिले डाँडा उत्तरा शिवा सोलो पश्चिममा चिमुथाङ्को बाटो यति चार किल्ला भित्रको जंगलमा गोम्बा बनाई श्री देउता थापी नित्य नैमित्यका पुजा गर्नु परापुर्वदेखि बनाएको आफ्नो लामाको चैत्य मर्यादा तिथिरिति शास्त्र पढाउनु पुश्त दर पुश्त सम्म भोग्य गर्नु भनी श्री ५ बुबा ज्युबाट मोहरा गरि बसानु भन्याको रहेछ सो बमोजिम ताम्रपत्र गरि बक्सियुम। हाम्रो जय मनाई भोग्य गर । इति सम्वत १८८० साल मिति आश्विन सदि १२ रोज ५ शुभम् ।”
अर्को पत्रमाः “मलाई थाहा भयो की यिहरु ती लालमोहरमा समावेश थिए जुन मेरा पिता राजा गिर्वाण युद्धले दिनु भएको थियो सो बमोजिम अब म तपाईंलाई ताम्रापत्र दिंदै छु त्यसैले तपाईं ध्यानपुर्वक र सजगताका साथ कर्म गर्दै अनिवार्य रूपमा हाम्रो सार्वभौमको मर्यादामा रहि यस भुमिको स्वामी बन्नु ।” सन् १९८० Graham E. clarke द्वारा लिखित A helambu history बाट साभार गरिएको (महातिर्थ गुप्त क्षेत्र योल्मो हिमश्रींखला तथा योल्मोपा आदिवासीको इतिहास–ले–दावा साङ्बो योल्मोपा)
यी माथिल्लो पंक्तिले हाम्रो समग्र एउटा सामाजिक धार्मिक इतिहासको कालखण्ड दर्शाउछ । कसरी हजारौं वर्षको हिन्दुपति राजाको राज्यमा तिनको अधिनमा बोन, बौद्ध, किराँत, गुराउ, घ्याब्री, पच्यु जस्तो संस्कृति यतिलामो समयसम्म कसरी जोगिएर अहिलेसम्म आएर हाम्रो पुस्तासम्मले देख्न पायौं भनेर एकछिन गम खाएर सोचौं त ?
तर दुर्भाग्यवश हाम्रो पुस्ताले हाम्रै कालखण्डमा भावी आउने पुस्तालाई आफ्नो मौलिक संस्कृति हस्तान्तरण गर्न अब नसक्ने अवस्थामा पुगिसकेका छौं । अल्पसंख्यक धेरै संस्कृतिहरु लोपोन्मुख हुँदैछ । अब हामीसँग आउने पुस्तालाई हस्तान्तरण गर्ने भनेको केवल हिन्दु राजालाई गाली गर्ने, दुत्कार्ने जातीय साम्प्रदायिक घृणा गर्ने भाषा मात्रै छ, सिर्जनशीलता केही छैन । सबै क्रमशः मर्दैछ । हामी एकआपसमा वैरीभावमा लड्दा लड्दै हाम्रो धर्म संस्कृति त त्यही हिन्दु राजासँगै सती गएको पत्तै पाएन छौं । जतिबेला पत्तो पाउने छौं त्यतिबेला अफ्रिकाको नागरिक डेसमंड टुटूले चाल पाएको जस्तो मात्रै हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार