मृतक परिवारलाई प्रदेश सरकारद्वारा राहत
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १३:१३:२६
२ साउन तनहुँ । गण्डकी प्रदेश सरकारले गत आइतबार परेको अविरल वर्षासँगै झरेका पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेका हुन । एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार मृतकका आफन्त थापालाई प्रदान गरे।
घरमाथिबाट आएको पहिरोले पुरिँदा ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका ३० वर्षीय भेषबहादुर, निजको श्रीमती २९ वर्षीया नानुमाया, निजको ५ वर्षीया छोरी अमिषा, २२ वर्षीय महादेव र निजको श्रीमती १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो । आमबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेकोे छ ।
राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले पहिरोमा परी घाइते भएकाकोे सम्पूर्ण खर्च सङ्घीय र गण्डकी प्रदेश सरकारले व्यवस्था गर्ने बताए ।त्यसैगरी गण्डकी प्रदेश सरकारबाट जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा परी मृत्यु भएका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकी छिमेकी ७० वर्षीया मैतकुमारी घर्तीका परिवारलाई यसअघि नै राहत वितरण गरिसकेको छ ।
पहिराले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा र २६ वर्षीया झनुमाया कुँवरको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी मृत्यु भएकाहरुलाई तत्कालको लागि जिल्ला प्रशासन कार्यालयबाट रु एक लाख, प्रदेश सरकारबाट रु ५० हजार र स्थानीय सरकारबाट निर्णयअनुरुप राहत उपलब्ध गराउने योजना रहेको छ ।
त्यसैगरी बाढी पहिरोमा परी पूर्ण र आंशिकरुपमा घरगोठमा क्षति भएकालाई राहत वितरणको लागि जिल्लाका दशवटै पालिकामा विवरण सङ्कलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार