बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १३:१९:६
२ साउन, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गरेपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।
घर भाडामा लिई सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्रमा हाल हेल्थ असिस्टेन्ट, नर्सिङ स्टाफ र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहने छन् । नगरपालिकाको १२ वडामध्ये स्वास्थ्य संस्थाविहीन वडा नम्बर २ र ९ मा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताए ।
नगर प्रमुख मिश्रका अनुसार एक साताभित्र वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ । उद्घाटनका अवसरमा नगर प्रमुख मिश्रले आफ्नै कार्यकालमा केन्द्रका लागि भवन निर्माण गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्रमा छ महिनाभित्रै देखिने गरी काम गर्ने उनले घोषणा गरे ।
नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको जानकारी दिदै नगर प्रमुख मिश्रले हात्तीलगायत जङ्गली जनावर नियन्त्रणमा पनि प्रभावकारी काम गरिने बताए ।
उपप्रमुख पोखरेलले तीन कट्ठा जग्गा उपलब्ध भएमा आर्थिक वर्षदेखि स्वास्थ्य केन्द्रको भवन निमार्णको काम शुरु गरिने बताए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर सञ्जीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार